२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बल्थलीका दुई बस्तीमा पुनः खानेपानी उपलब्ध

Nada
२०८२ साउन १८ गते १०:४६
Shares
बल्थलीका दुई बस्तीमा पुनः खानेपानी उपलब्ध

काभ्रेपलाञ्चोक : पनौती नगरपालिका-११ स्थित बल्थलीमा सञ्चालित बाढी पहिरोले क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माण गरिएको छ । विसं २०८१ असोजको बाढी पहिराले क्षति पुर्‍याएको उक्त नेपाने–फ्याङखोला खानेपानी तथा सरसफाइ योजनालाई ‘ग्राभिटी सिस्टम’मार्फत पुनर्निर्माण गरी बल्थलीका दुई बस्तीका उपभोक्तालाई पुनः खानेपानी उपलब्ध गराइएको हो ।

ncell

बल्थलीस्थित नेपानेका एक सय २३ र डाँडा गाउँका ७२ घरपरिवार पुनः ‘एक घर, एक धारा’ कार्यक्रममा जोडिएका हुन् । विसं २०४७ मा निर्माण उक्त आयोजना २०७२ सालको विनाशकारी भूकम्प र गत असोजको बाढी पहिराले क्षति पुर्‍याएपछि दाता संस्थाको सहयोगमा आर्थिक सहयोगमा पुनर्निर्माण गरी उपभोक्तालाई सहज बनाइएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार तामाङले बताए।

उनका अनुसार रु. १९ लाख नौ हजार ४०० खर्चेर एक सय २३ धारासहित दुईवटा २० हजार क्षमताको पानी ट्यांकी निर्माण गरिएको छ । यस्तै जनश्रमदानबाट रु. चार लाख १८ हजार खर्चिएको हो ।

एक सय २३ परिवार नै तामाङ समुदायका हुन् । हाल खानेपानीको सुरक्षित प्रयोग, गुणस्तरीय खानेपानीका लागि उपभोक्ताको भूमिका र सरसफाइका तरिकाबारे स्थानीय बालबालिकालाई समेत सचेत गराइएको वडाध्यक्ष विपिन लामाले बताए। उनका अनुसार विपत्तिपछि केही समयका लागि खानेपानीको हाहाकार हुँदा नगरबाट उपलब्ध सामग्रीमार्फत अस्थायी रूपमा खानेपानी व्यवस्थापन गरिएको थियो ।

सम्बन्धित खबर