काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अभिव्यक्त गरेका कुराहरुको भुक्तानी कुनैपनि समयमा दिन आफू तयार रहेको बताएका छन् ।
आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले आफूले भनेका कुनैपनि कुराहरु गलत भए तत्काल भुक्तानी दिने बताए ।
प्रधानमन्त्री ओलीले सरकारको परिभाषा बदल्नुपर्ने जरुरी रहेको बताए । उनले सरकार शासक नभइ व्यवस्थापक र सेवक भएको बताए ।
प्रधानमन्त्री ओलीले देशमा सुशासन र विकास दिने काम सरकारको भएको बताए । सरकार जनता र देशप्रति उत्तरदायी मात्रै नभइ जिम्मेवारसमेत बन्नुपर्ने उनले उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले आफूमाथि कसैलाई पनि गाली गर्नुछ भने शब्दकोष पल्टाएर शब्द खोजी खोजी गाली गर्न पाइने पनि बताए ।