२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

साउदी अरबमा ३१औं विश्व आदिवासी दिवस मनाइने

shivam cement
अन्जान गुभाजु
२०८२ साउन १८ गते २०:४४
साउदी अरबमा ३१औं विश्व आदिवासी दिवस मनाइने

साउदी अरब : आगामी अगष्ट ८ गते साउदी अरबमा ३१औं विश्व आदिवासी दिवस भव्य रूपमा मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ र राष्ट्रिय समन्वय परिषद्, साउदी अरबको आयोजनामा जुबेल सेन्टरस्थित के.आई.हिमालयन किचनमा कार्यक्रम आयोजना गर्न लागिएको हो । 

कार्यक्रमको मूल नारामा ‘प्राकृतिक स्रोत, जल, जमीन र जंगल माथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर’ र ‘यूएनडिआरआइपी तथा आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ रहेको छ ।  

सांस्कृतिक कार्यक्रममार्फत नेपाली आदिवासी जनजातिको मौलिक संस्कृति, जातीय परम्परा र पहिचान झल्काउने विभिन्न प्रस्तुति गरिने आयोजकले जनाएको छ । साउदी अरबमा क्रियाशील महासंघ अन्तर्गतका सम्पूर्ण जातीय संस्थाहरूलाई कार्यक्रममा सहभागी हुन विशेष अनुरोध गरिएको छ । 

कार्यक्रमको संयोजन वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठले गर्नेछन् भने सांस्कृतिक संयोजन केन्द्रीय सदस्य के.वि. कौछा मगर र यातायात संयोजन केन्द्रीय सदस्य बेलबहादुर सारु मगरले सम्हाल्नेछन् । दम्मामबाट कार्यक्रम स्थलसम्मको यातायात सुविधा पनि उपलब्ध गराइने आयोजकले जनाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise