२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

‘डा. कलाम युथ रत्न अवार्ड २०२५’ बाट महताब खान सम्मानित

shivam cement
शहबाज खान
२०८२ साउन १८ गते २२:०४
‘डा. कलाम युथ रत्न अवार्ड २०२५’ बाट महताब खान सम्मानित

कपिलवस्तु : महाराजगंज नगरपालिका–१०, मुझहनी निवासी युवा सामाजिक अभियन्ता महताब आलम खानलाई भारतको जयपुरमा आयोजित कार्यक्रममा ‘डा. कलाम यूथ रत्न अवार्ड २०२५’ बाट सम्मानित गरिएको छ ।

राजस्थान इन्टरनेशनल सेन्टरमा सम्पन्न ‘कलाम यूथ लीडरशिप कन्फरेन्स ७.०’को अवसरमा खानलाई उक्त सम्मान प्रदान गरिएको हो ।

भारतका पूर्वराष्ट्रपति तथा ‘मिसाइल म्यान’ डा. ए.पी.जे. अब्दुल कलामको स्मृतिमा ख्वाब फाउण्डेसनले हरेक वर्ष विभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने युवालाई यो सम्मान प्रदान गर्दै आएको छ ।

हाल सिभिल इन्जिनियरिङ अध्ययनरत महताब खान शिक्षा, स्वास्थ्य तथा सामाजिक मूल्य अभिवृद्धिमा लामो समयदेखि सक्रिय छन् । उनले ग्रामीण भेगका युवालाई लक्षित गर्दै रक्तदान, स्वास्थ्य सचेतना, नेतृत्व विकास र युवा सशक्तिकरणसम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन गरेका छन् ।

उनी नेपाल रेडक्रसको आजीवन सदस्य हुन् भने ब्लड फर नेपाल, ग्लोबल पीस फाउण्डेशन, नेपाल युनाइट्स, कन्फिडेन्स नेपाल र क्रिएटिङ अपर्चुनिटिजजस्ता सामाजिक संस्थाहरूमा समेत सक्रिय रूपमा आबद्ध छन् ।

कन्फिडेन्स नेपालका संस्थापक सदस्य एवं कोषाध्यक्षको भूमिकामा रहेका उनले विभिन्न सामाजिक अभियानहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । 

सम्मान ग्रहण गर्दै उनले भने, ‘यो सम्मान केवल मेरो नभई सम्पूर्ण कपिलवस्तु जिल्लाको गर्वको विषय हो। म आगामी दिनहरूमा पनि समाजसेवामा अझ समर्पित भएर लागिरहनेछु ।’ खानको समर्पण र योगदानले युवालाई सामाजिक रूपान्तरणमा सक्रिय हुन प्रेरणा दिने विश्वास गरिएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise