२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

इन्दिरालाई ‘मिसेस ग्लोबल नेपाल-२०२५’को ताज

Nada
२०८२ साउन २३ गते १६:१६
Shares
इन्दिरालाई ‘मिसेस ग्लोबल नेपाल-२०२५’को ताज

काठमाडौं : यो वर्षको मिसेस ग्लोबल नेपालको ताज इन्दिरा घिमिरेले पहिरिन सफल भएकी छन् । बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न समारोहमा घिमिरेले निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै ताज पहिरिएकी हुन् । ताजसँगै उनले एनएफइए लण्डन २०२६ मा सहभागी हुन इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन् ।

ncell

कार्यक्रमको फस्र्ट रनरअप सन्ध्या नेपाल तथा सेकेन्ड रनरअप सिर्जना घिमिरे शिवाकोटी हुन सफल भए । यो हिमालयन मुभिजको आयोजनामा भएको मिसेस ग्लोबल श्रृंखला अन्तर्गत आठौं संस्करण हो ।

करिब एक दर्जन बढी प्रतियोगीहरूले प्रस्तुति दिएको सो कार्यक्रममा सबै प्रतियोगीहरू परिचय, बेस्ट ड्रेस, प्रश्नोत्तर, क्राउनिङ चरण पार गर्दै उपाधि नजिक पुगेका थिए । महिलाहरूको सौन्दर्य प्रतियोगितामा अग्रणी रहेकी चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा तीन सातासम्म प्रतियोगीहरूले व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुति, फोटोसुट, क्याटवाक, बौद्धिकताको विकास, क्षमता अभिवृद्धि, सामाजिक प्रस्तुतीकरणलगायतका विषयमा ज्ञान हासिल गरेका थिए । आकर्षक ओपनिङ नृत्यबाट सुरु भएको कार्यक्रम ब्युटी विथ नेचर थिम रहेको बेस्ट ड्रेस, प्रश्नोत्तर, टप फाइभ हुँदै क्राउनिङ चरणमा सकिएको थियो ।

कार्यक्रमको बीचमा कलाकारहरूको प्रस्तुतिले दर्शकहरूमा उत्साह जगाएको थियो भने कोरियोग्राफर सुब्बाको विशेष क्याटवाकमा हुटिङ नै चलेको थियो ।

विविध सबटाइटल अवार्डसमेत बाँडिएको सो कार्यक्रममा मोस्ट एट्राक्टिभ इन्दिरा घिमिरे, मोस्ट डाइनामिक आशा घर्ती क्षेत्री, मोस्ट स्मार्ट लक्ष्मी खड्का राई, मोस्ट चार्मिङ कल्याणी देवी थापा, मोस्ट कन्फिडेन्ट सिर्जना घिमिरे शिवाकोटी, मोस्ट प्यासोनेट दिया बर्देबा, मोस्ट याक्टिभ रीता चौधरी, मोस्ट डिसेन्ट उमाकुमारी तामाङ, बेस्ट पर्सनालिटी मिना श्रेष्ठ, बेस्ट ट्यालेन्ट सन्ध्या नेपाल, बेस्ट फोटोजेनिक तारा तण्डुकार, मोस्ट डिलाइटफुल कविता अधिकारी, मोस्ट डिलिजेन्ट विमला अधिकारी, मोस्ट डेडिकेटेड मञ्जु राई एवं मोस्ट पपुलर तारा तण्डुकार, पब्लिक च्वाइस भिडियो रीता चौधरी, बेस्ट मल्टिमिडिया सन्ध्या नेपाल र बेस्ट ड्रेस रीता चौधरीले जित्न सफल भएका हुन् ।

कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता तथा इभेन्टकर्मी एसराज गराच, नायक तथा निर्देशक मनिष राउत, क्यापिटल क्विन नेपाल २०२५ एवं फेसन डिजाइनर करुणा भुजेल, मिसेस मंगोल नेपाल २०२३ सरिता गुरुङ र कस्मेटोलोजिस्ट युनिषा शाही रहेका थिए । विवाहित महिलाहरूको प्रतिभा उजागर गर्नका लागि सो कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर