२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रेडक्रस सोसाइटी बाँके बगिया उपशाखाले मनायो स्थापना दिवस

ADV
पवन जायसवाल
२०८१ साउन १ गते २०:४८
रेडक्रस सोसाइटी बाँके बगिया उपशाखाले मनायो स्थापना दिवस

बाँके : नेपाल रेडक्रस सोसाइटी बाँके बगिया उपशाखाको २१ औं स्थापना दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम तथा आजीवन सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बाँके बगिया उपशाखाका सचिव गोबिन्द प्रसाद घिमिरेद्वारा सञ्चालित, उपशाखाका सभापति बिष्णु प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवद्र्धन सिंह सम्झनाको प्रमुख आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि सिंह सम्झनाले हेनरी डियुनाको तस्बीरमा अबीर लगाइ, ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए । 

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय निर्वतमान उपसभापति अजीत कुमार शर्मा, घरवारीटोल उपशाखाका सभापति सुरेन्द्र श्रेष्ठ, सदर लाइन उपशाखाका सभापति ओप्रकाश आजाद लगायतले बाँकेबगिया उपशाखाको भवन बनाउनका लागि जोड दिएका थिए ।

सदर लाइन उपशाखाका सभापति ओम प्रकाश आजादले आजीवन सदस्यता प्राप्त गरी सकेपछि धेरै सदस्यहरुले विदेशमा रहेको बताए । 

उनले भने, ‘साधारण सभा र कार्यक्रममा २५ प्रतिशत पनि उपस्थित हुँदैनन् । रेडक्रसमा सदस्यता लिन सेवाको भावनाबाट  आउँदैनन्, स्वार्थको भावनाबाट सदस्यता लिने गर्दछन् ।’

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ का वडाध्यक्ष जब्बार अली बेहनाले २३ नंं.वडामा ३–४ महिनामा यसरी कार्यक्रम गर्न आग्रह गरेका छन् । 

कार्यक्रममा सूर्य प्रसाद धिताल, डा.सच्चिदानन्द उपाध्याय, गजेन्द्रमान पति, बबिता आचार्य अन्सारी, दिपेन्द्रराज श्रेष्ठ, अमृता राना, तिल बहादुर रानामगर, धन बहादुर चौहानमगर, नवलसिंह चौहानमगरलाई आजीवन सदस्यताको प्रमाण–पत्र प्रमुख अतिथि सम्झनाले प्रदान गरेका थिए । 

यसरी कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का वडा कार्यालयले संस्थागत सदस्यता रु.२५ हजार रुपैयाँ तिरेर संस्थागत सदस्यता वडाध्यक्ष सरेश सिंह ठाकुरलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । 

उक्त कार्यक्रममा ९ जनाले रेडक्रसकोे आजीवन सदस्यता प्राप्त गरेका सदस्यका लागि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाकी वरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्लले रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको बारेमा प्रोजेक्टद्वारा प्रकाश गरेकी थिइन् । 

उपनिर्देशक दोलख बहादुर डाँगीले रेडक्रसले विपद् व्यवस्थापनमा गर्ने कार्यहरुको बारेमा र गर्दै आएको क्रियाकलापको बारेमा प्रस्तुती गरेका थिए । बाँके बगिया उपशाखाका कोषाध्यक्ष चित्र बहादुर केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

बाँके बगिया उपशाखाका सभापति सुवेदीले कार्यक्रम समापन गर्दै भवन बनाउनका लागि रातदिन लागि परेको बताए । 

उनले भने, ‘यस उपशाखामा जम्मा २७७ जना रहेका छन् । जसमा २१ जना गुमाइ सकेका छौं । अहिले २५६ जनामध्ये ६० जना महिला र १९६ जना पुरुष सदस्य रहेका छौं ।’ उपशाखाको स्थापना वि.सं. २०६१ साल साउन १ गते भएको उनले जानकारी गराएका थिए ।

कार्यक्रममा अरुण कुमार सिंह, रेडक्रस अधिकृत प्रहलाद विश्वकर्मा, शान्ति जिसी, चन्द्र प्रसाद तिमिल्सिना, पदम बहादुर खडका, अनन्त नाथ भट्टराई, प्रतला आचार्य, निर्वतमान उपशाखा सभापति श्याम बहादुर केसी, रामआधार सिंह लगायतको सहभागिता रहेको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise