२०८२ साउन २४ गते शनिवार / Aug 09 , 2025 , Saturday
२०८२ साउन २४ गते शनिवार
Ads

श्रममन्त्री भण्डारी र एनआरएनए मलेसियाका उपाध्यक्ष अधिकारीबीच भेट, श्रमिकका समस्याबारे छलफल

shivam cement
तिलोचन गौतम
२०८२ साउन २४ गते १४:४९
श्रममन्त्री भण्डारी र एनआरएनए मलेसियाका उपाध्यक्ष अधिकारीबीच भेट, श्रमिकका समस्याबारे छलफल

कुलालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष नारायण अधिकारीले नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरद सिंह भण्डारीसँग भेटघाट गरेका छन् । भेटघाटमा मलेसियामा रहेका नेपाली श्रमिकहरूका समस्या र गुनासाबारे छलफल गरेका थिए ।

भेटका क्रममा अधिकारीले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूले भोगिरहेका समस्या सम्झौता विपरीतको काम, स्वास्थ्य बीमा अभाव र आपतकालीन सहयोगमा ढिलाइजस्ता विषयहरू उठाउँदै नेपाल सरकारलाई ती समस्याहरूको दीर्घकालीन समाधानका लागि नेपाल र मलेसिया सरकारबीच द्विपक्षीय संवादद्वारा हल गर्न आग्रह गरेका थिए ।

अधिकारीले उठाएका विषयहरू गम्भीर रहेको भन्दै श्रममन्त्री भण्डारीले आफ्नो ध्यानाकर्षण भएको बताए । मन्त्री भण्डारीले  श्रमजीवी कामदारहरूका मुद्दा समाधानमा प्रतिबद्ध भएर काम गर्न कुटनैतिक पहल गर्ने जनाउँदै सुधारका कदमहरू चालिने बताए ।

भेटघाटले मलेसियामा रहेका हजारौं नेपाली श्रमिकको आवाज नीतिगत तहसम्म पुर्‍याउन सहयोग पुगेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise