काठमाडौं : कलाकार तथा मोडल प्रतीक्षा काफ्ले अभिनीत नयाँ तिज गीत ‘मलाई तिजको रहर’ सार्वजनिक भएको छ । गीतमा गायिका सुजाता उपाध्यायको स्वर रहेको छ भने शब्द र संगीत किरण भण्डारीले दिएका छन् । उदयराज पौडेलले एरेन्ज, चन्द्र चौधरीले मिक्सिङ–मास्टरिङ गरेका छन् ।
गीतको छायांकन सुशील डाँगीले गरेका हुन् भने सम्पादन साइमन राजवंशीले गरेका छन् । कोरियोग्राफीमा साइमन राजवंशी र निर्देशनमा जिवन शाही रहेका छन् ।
टिपिकल लोकशैलीलाई फ्युजनमा प्रस्तुत गरिएको यो मौलिक तिज गीत सुजाता उपाध्यायको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पछिल्ला दिनमा म्युजिक भिडियो र टेलिफिल्ममा व्यस्त देखिएकी प्रतीक्षा काफ्लेले यस गीतले तिजको माहोलमा साथीभाइसँग छमछमी नाच्न चाहनेको मन जित्ने विश्वास व्यक्त गरेकी छन् ।
उनका अनुसार क्षणिक लोकप्रियताका लागि अश्लील वा दुईअर्थी गीतले भरिएको वर्तमान संगीत बजारलाई स्वच्छ बनाउन र मौलिक संस्कृति जोगाउन यस्ता सिर्जनाले महत्वपूर्ण योगदान दिनेछन् ।