जोहर, मलेसिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाअन्तर्गत जोहर राज्य समिति औपचारिक रूपमा गठन भएको छ । जोहरमा कार्यरत तथा बसोबास गर्दै आएका रास्वपाका समर्थकहरूको भेलाले सर्वसम्मत रूपमा समिति गठन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि रास्वपा मलेसियाका सभापति नेत्र केसी रहेका थिए भने केन्द्रीय समितिका प्रतिनिधि किरण थापा, मिलन साहि ठकुरी, बासुदेव भट्ट र खेमराज खत्रीको विशेष उपस्थिति थियो ।
नवगठित समितिले प्रवासी नेपालीको हकअधिकार र सुरक्षाको सवालमा सक्रिय भूमिका निर्वाह गर्ने, नेपालका राजनीतिक तथा सामाजिक परिवर्तनमा प्रवासबाट सकारात्मक योगदान पुर्याउने र संगठनलाई सुदृढ बनाउने लक्ष्य लिएको छ । साथै, मलेसियाका अन्य राज्यहरूमा पनि संगठन विस्तार गर्ने योजना बनाएको समितिले जनाएको छ ।
नवगठित जोहर राज्य समितिको सभापतिमा भागनाथ दाहाल चयन भएका छन् । यस्तै उपसभापतिमा हरि बहादुर थापा, सचिवमा रोशन खड्का, कोषाध्यक्षमा तिलकबहादुर बौकटी, सहकोषाध्यक्षमा लझ्मन साउद र सहसचिवमा धनीराम कामी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा मदन धामी, सागर काफ्ले, गणेश भण्डारी, शन्ती प्रसाद दहाल, हर्क लिम्बू, सुर्या धामी, लिला वली, सुजन बिक र पुस्तक पाण्डे चयन भएका छन्