२०८२ साउन २६ गते सोमवार / Aug 11 , 2025 , Monday
२०८२ साउन २६ गते सोमवार
Ads

गायिका देवी घर्ती मगरले कतारमा प्रस्तुति दिँदै

shivam cement
तिलु शर्मा पौडेल
२०८२ साउन २६ गते १६:३८
गायिका देवी घर्ती मगरले कतारमा प्रस्तुति दिँदै

दोहा, कतार : लोक तथा दोहोरी गायिका देवी घर्ती मगर कतार आउने भएकी छन् । अल दाना ब्युटी सैलुन र आयुषा ब्युटी सैलुनले आयोजना गर्ने तिज विशेष कार्यक्रम–२०२५ मा सांगीतिक प्रस्तुति दिन उनी कतार आउन लागेकी हुन् । घर्तीले गाएका हजारौं गीतमध्ये पछिल्लो समय 'खोली सलल', 'मयाली', 'गुड्दै जाने रेल', 'माया आउने बस'लगायतका गीत अत्यधिक चर्चामा छन् ।  

कार्यक्रम आउँदो शुक्रबार नजमामा रहेको दि क्राउन प्लाजामा दिउँसो ४ बजेबाट सुरु हुने सैलुनकी सञ्चालिका तथा कार्यक्रम संयोजक आयुसा श्रेष्ठ खड्काले मध्यान्ह दैनिकलाई जानकारी दिइन । निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रम व्यावसायिक नभई कतारमा रहेका नेपाली दिदीबहिनीहरुसँग भेटघाट होस् र सामूहिक रूपमा सांगीतिक माहोलमा तिज मनाउन सकियोस् भन्ने हेतुले तिज कार्यक्रमको आयोजना गर्न लागिएको स्पष्ट पारिन् । विगत २ वर्षबाट सैलुनका नामबाट उनले तिज कार्यक्रमको आयोजना गर्दै आइरहेकी छन् ।

तिज कार्यक्रममा कतारमा रहेका गायक इशान रेग्मीसहित गायिकाद्वय रेश्मी सेन्चुरी र आन्यासहित अन्य कलाकारले प्रस्तुति दिनेछन् । अग्रज पत्रकार तथा कुशल कार्यक्रम सञ्चालक विजय राज अधिकारी र अनु बस्नेत सुवेदीले कार्यक्रम सहजीकरण गर्ने कार्यक्रमको तयारीलाई तीव्रता दिइएको छ । 

ADV

सम्बन्धित खबर

Advertise