२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

शिलुको ‘यही हो मेरो थुतुनो’ सार्वजनिक

shivam cement
मध्यान्ह
२०८२ साउन २८ गते २०:१२
शिलुको ‘यही हो मेरो थुतुनो’ सार्वजनिक

काठमाडौं : नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकिँदै गर्दा बजारमा थुप्रै तिज गीतहरु आइरहेका छन् । यसै क्रममा गायिका शिलु भट्टराईको ‘यही हो मेरो थुतुनो’ बोलको तिज गीत सार्वजनिक भएको छ ।

बाबुराम विश्वकर्माको शब्द, खुमन अधिकारीको लय सिर्जना रहेको यस गीतमा शिलुलाई खुमन अधिकारीले साथ दिएका छन् । शिलु भट्टराई अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियो जेरि भण्डारीले निर्देशन र कोरियोग्राफी गरेका छन् । 

भिडियोमा खुमन अधिकारी, शिलु भट्टराई, जेरि भण्डारी, जुनु एसडि, श्रीपोखरेल, सरोज पुर्जा लगायतको अभिनय देख्न सकिन्छ । रमाइलो र ठट्यौली शब्दमा तयार भएको यस गीतलाई करण चैसिरले खिचेका हुन् भने सुजन कोइरालाले सम्पादन गरेका हुन् ।


ADV

सम्बन्धित खबर

Advertise