२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

साउदीमा वैधानिकीकरण श्रम स्वीकृतिबारे दूतावासले फेसबुक लाइभ कार्यक्रम सञ्चालन गर्दै

shivam cement
अन्जान गुभाजु
२०८२ साउन २९ गते २१:३९
साउदीमा वैधानिकीकरण श्रम स्वीकृतिबारे दूतावासले फेसबुक लाइभ कार्यक्रम सञ्चालन गर्दै

रियाद : साउदी अरबको रियादस्थित नेपाली दूतावासले वैधानिकीकरण श्रम स्वीकृति प्रक्रियाबारे विस्तृत जानकारी दिन शुक्रबार विशेष फेसबुक लाइभ कार्यक्रम आयोजना गर्ने भएको छ । दूतावासका अनुसार कार्यक्रम स्थानीय समयअनुसार अगस्ट १५ शुक्रबार बिहान ११ बजे दूतावासको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण हुनेछ । करिब एक घण्टासम्म चल्ने उक्त लाइभमार्फत वैधानिकीकरणका लागि आवश्यक प्रक्रिया, कागजात, समयसीमा र अनलाइन आवेदन दिने तरिका स्पष्ट पारिनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै लागू गरेको वैदेशिक रोजगार सेवा प्रवाह (दोस्रो संशोधन) कार्यविधि, २०८२ अनुसार सन् २०२४ सेप्टेम्बर ३० सम्म वैदेशिक रोजगारीमा रही वैधानिक रूपमा कार्यरत नेपाली श्रमिकहरूले सम्बन्धित नेपाली दूतावासमा अनलाइन आवेदन दिई श्रम स्वीकृति लिन सक्ने व्यवस्था छ ।

यो व्यवस्थाले सन् २०२४ सेप्टेम्बर ३० भन्दा पहिले साउदी अरब प्रवेश गरेका र हाल वैधानिक रूपमा काम गर्दै आएका नेपाली श्रमिकहरूलाई सुविधा दिनेछ । उनीहरूले आवश्यक कागजात तयार गरी तोकिएको म्यादभित्र अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

दूतावासका अधिकारीहरूका अनुसार शुक्रबारको लाइभ कार्यक्रममा वैधानिकीकरणसम्बन्धी सबै प्रावधान, पात्रता मापदण्ड, अनलाइन फर्म भर्ने चरण, शुल्क विवरण र आवेदकहरूले ध्यान दिनुपर्ने अन्य महत्वपूर्ण बुँदाहरू स्पष्ट पारिनेछ । साथै, लाइभमा दर्शकहरूले प्रत्यक्ष प्रश्न सोध्ने र तत्काल उत्तर पाउने अवसर पनि रहनेछ ।

दूतावासले शुक्रबारदेखि औपचारिक रूपमा पहिलो चरणको आवेदन प्रक्रिया सुरु गर्न लागेको जानकारी दिँदै सम्बन्धित सबै श्रमिकहरूलाई वैधानिकीकरणको माध्यमबाट श्रम स्वीकृति लिन आग्रह गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise