२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

'मुस्लिम समुदायका सबै अधिकार कार्यान्वयन हुँदै जानेछ'

ADV
इसत्याक अहमद
२०८१ साउन २ गते १५:०८
'मुस्लिम समुदायका सबै अधिकार कार्यान्वयन हुँदै जानेछ'

काठमाडौं : इस्लामी संघ नेपालले सुदूरपश्चिम प्रदेशका प्रमुख नजीर मियाँलाई अभिनन्दन गरेकाे छ । बल्खुस्थित इस्लामी सांस्कृतिक केन्द्रकाे भवनमा एक कार्यक्रम आयोजना गर्दै संघले प्रदेश प्रमुख मियाँलाई अभिनन्दन गरेको हो । इस्लामी संघ नेपालका अध्यक्ष नजरुल हुसैन फलाहीले मियाँलाई दाेसल्ला ओढाएर अभिनन्द गरेका हुन् ।

सो अवसरमा प्रदेश प्रमुख मियाँले सबै एक ढिक्का भएर संघर्ष गरेका कारण मुस्लिम समुदायले पहिचानसहितको अधिकार प्राप्त गरेको बताए । उनले नेपाली मुस्लिम समुदायले विश्वमा नै सहिष्णुता र शान्तिको उदाहरण कायम गरेको पनि बताए ।

उनले मुस्लिम समुदायले प्राप्त गरेका सबै अधिकारहरू कार्यान्वयन हुन नसके पनि बिस्तारै कार्यान्वयन हुँदै जाने कुरामा आशावादी रहेकाे बताए ।

कार्यक्रममा मुस्लिम आयाेगका अध्यक्ष समीम मियाँ अन्सारीले नजीर मियाँकाे कथा सुनाउँदै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनमा उनले अभिभावककाे भूमिका निर्वाह गरेकाे हुनाले आन्दाेलनले उचाइ पाएकाे बताए ।

प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकीले नेपालका सबै परिवर्तनकारी आन्दाेलनलाई सकारात्मकरूपमा लिने नजीर मियाँ मुस्लिम समुदायका सच्चा र शालीन नेता भएकाे बताए ।

पूर्वमन्त्री माेहम्मद जाकिर हुसैनले परिवर्तनका आन्दाेलनहरूमा, संविधान सभामा मूलत: मुस्लिम समुदायकाे अधिकार प्राप्तिकाे पहलमा, मुस्लिम समुदायकाे राष्ट्रिय आन्दाेलनहरूमा नजीर मियाँकाे अभिभावकीय र परिपक्व भूमिका रहँदै आएकाे बताए ।

इस्लामी संघ नेपालका अध्यक्ष नजरुल हुसैन फलाहीले नजीर मियाँ सुन्दर, विकसित, समृद्ध र शान्त नेपालकाे सपना देख्ने नेता भएको बताए । उनले मियाँसँगका धेरै अनुभवहरू साट्दै उनकाे शालीन र परिपक्व व्यक्तित्वकाे चर्चा गरे ।

नेकपा एमालेका नेता नजीर मियाँ २०६४ सालकाे संविधान सभा सदस्य थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise