२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

मलेसियामा वैधानिक विवाह गरेका नेपाली परिवारबीच भेटघाट

shivam cement
तिलोचन गौतम
२०८२ साउन ३१ गते २१:३५
Shares
मलेसियामा वैधानिक विवाह गरेका नेपाली परिवारबीच भेटघाट

क्वालालम्पुर मलेसिया : नेपाल–मलेसिया अन्तरसांस्कृतिक परिवार संघ मलेसियाको आयोजनामा मलेसियामा वैधानिक रूपमा विवाह गरी बसोबास गरिरहेका नेपाली दाजुभाइ र दिदीबहिनीहरूको भेटघाट तथा परिचयात्मक कार्यक्रम क्वालालम्पुरमा सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न राज्य र शहरबाट आएका सहभागीहरूले आपसी चिनजान, अनुभव आदानप्रदान तथा भविष्यमा एक आपसलाई सहयोग गर्ने विषयमा छलफल गरेका थिए । वैवाहिक जीवनसँग सम्बन्धित चुनौती, कानुनी प्रक्रिया, सामाजिक समायोजन र सांस्कृतिक विविधता व्यवस्थापनबारे सहभागीहरूले आफ्ना विचार व्यक्त गरेका थिए ।

एसोसिएसनका पदाधिकारीहरूले यस्तो कार्यक्रममा सहभागिता गरेर परिवारबीच आत्मीयता, विश्वास र सहयोगी भावनालाई थप बलियो बनाउन सकिने बताएका थिए । साथै, प्रवासमा रहेका अन्तरसांस्कृतिक परिवारका समस्याहरू सम्बोधन गर्न साझा आवाज उठाउने र समुदायलाई एकजुट बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

कार्यक्रमको अवसरमा केसु थापाको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ । समितिमा उप–समन्वयक लक्ष्मी पोख्रेल, सदस्यहरू राजु सर्मा, सागर कोइराला, किरण थापा, उमेश प्रसाईं, निलकण्ठ न्यौपाने, सेल्भी बोहोरा, दीपक बोहोरा, इस्वर आले मगर, नेत्र केसि, राकेस प्रसाद महतो, रञ्जित क्षेत्री, अन्जु श्रीमाल, प्रदिप श्रेष्ठ, बिनोद पाण्डे रहेका छन् भने संरक्षक सल्लाहकारमा संकर बहादुर पौडेल रहनेछन् । 

समिति संयोजक थापाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै आफ्नो पुस्तापछि पनि परिवारलाई नेपालसँग जोड्न र भाषा तथा संस्कृतिलाई सम्बद्र्धन गर्न दिगो सोचसहित यो पहल गरिएको बताएका थिए । कार्यक्रम संचालनमा रहेका रञ्जित क्षेत्रीले परिवारबीच सहकार्यको ढोका खोल्न सफल भएकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा उपस्थित सबैले आफ्नो परिचय दिँदै आफ्ना अनुभव र सुझावहरू प्रस्तुत गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर