काठमाडौं : तिजको अवसर पारेर ब्राण्ड यु पिक्चर्सका लागि उत्सव केसीद्वारा निर्देशित ‘सुन परानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
यज्ञ विकको संगीत रहेको यस लोकदोहरीमा गायिका टिका पुन र योगेन्द्र ल्वागुनको स्वर रहेको छ । गीतमा उत्तम केसी नेपाल र विनिता भण्डारीको अभिनय रहेको छ ।
गीतको एरेन्ज राजु सुनाम, मिक्सिङ विनोद परियार, रेकर्डिष्ट रोजिट महर्जन छन् । यस म्युजिक भिडियोको छायांकन, सम्पादन ज्ञानकुमार कटेलले गरेका हुन् । व्यवस्थापक किरण केसी, दुर्गा केसी र दुर्गा भण्डारी रहेका छन् । योगेन्द्र ल्वागुन निर्माता रहेको भिडियो चुईचुई पारेर टिभी युट्युबमार्फत सार्वजनिक भएको छ ।