काठमाडौं : संखुवासभाको मादी नगरपालिका १ खोला गाउँमा भएको हत्याकाण्डको अनुसन्धानको क्रममा पक्राउ परेका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । एकै परिवारका ६ जनाको हत्याका मुख्य योजनाकार सहित ४ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
घटनाका मुख्य योजनाकार खड्गबहादुर कार्की, यसअघि पक्राउ परिसकेका लोकबहादुर कार्कीको बुवा रणबहादुर, लोक बहादुरका भाई नरेश र खड्ग बहादुरका छोरा हस्त बहादुरलाई प्रहरीले सार्वजनिक गरेको हो ।
कार्की परिवारको हत्यामा संलग्न भएको अनुसन्धानबाट खुलेपछि उनीहरुलाई पक्राउ गरेको हो । लोकबहादुरको काकाको परिवार यसअघि नै छुट्टिएर अलगै बस्दै आएका थिए । पछिल्लो पटक पक्राउ परेका ४ जनालाई कर्तब्य ज्यान कसुर अन्तर्गत कारवाहिको प्रकृया अघि बढाइएको संघिय प्रहरी ईकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भिम दाहालले बताए ।
कार्की परिवारको हत्या आरोपमा लोकबहादुर कार्कीलाई गत भदौ २७ गते आईतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो । गत भदौ २१ गते सोमबार विहान बर्ष ५८ को तेजबहादुर कार्की, उनकी आमा बर्ष ८४ को पार्वता, श्रीमती ५४ को कमला, बर्ष २८ का बुहारी रञ्जना, बर्ष ११ का नाती दिपेन र बर्ष ५ का नातिनी गोमा कार्कीको हत्या गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies