२०८२ भदौ २ गते सोमवार / Aug 18 , 2025 , Monday
२०८२ भदौ २ गते सोमवार
Ads

तिज गीत 'लजाउँदै लजाउँदै' सार्वजनिक

shivam cement
मध्यान्ह
२०८२ भदौ २ गते १७:३१
तिज गीत 'लजाउँदै लजाउँदै' सार्वजनिक

काठमाडौं : नेपालकी पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठको निर्देशनमा 'लजाउँदै लजाउँदै' बोलको तिज गीत सार्वजनिक भएको छ । देउराली मिडिया युटुब च्यानलबाट सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

नेपाली नारीहरूको महान् पर्व तिजलाई केन्द्रमा राखेर तयार गरिएको उक्त  गीतले परम्परागत संस्कृति र आधुनिक प्रस्तुतिको समायोजन गर्ने प्रयास गरेको छ । गीतमा लोकप्रिय सर्जक विकास चौधरीको शब्द, संगीत सिर्जना रहेको छ भने कलाकार रश्मि भट्टले मिठासपूर्ण आवाज दिएकी छन् । कलाकार भट्टले यसअघि पनि थुप्रै गीतहरु सार्वजनिक गरिसकेकी छन् ।

निर्देशक श्रेष्ठका अनुसार 'लजाउँदै लजाउँदै' गीतले महिलाको भावनाहरूलाई सरल र रमाइलो शैलीमा प्रस्तुत गर्ने कोसिस गरेको छ । गीतको छायांकन, सम्पादन र सम्पूर्ण प्रस्तुतिमा नेपाली महिलाको जीवनशैली, चाडपर्वसँग जोडिएको भावना र समाजमा अझै विद्यमान परम्परागत दृष्टिकोणको प्रतिनिधित्व गरिएको छ ।

गीतको भिडियोमा पनि महिला सशक्तीकरण र स्वतन्त्रता झल्काउने दृश्यहरू समेटिएको निर्देशक श्रेष्ठले बताइन् । तिजको अवसर पारेर सार्वजनिक भएको यस गीतले महिलाहरूको संवेदना, खुशी र उत्साहलाई समेट्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य लिएको निर्देशक श्रेष्ठ बताउँछिन् ।

देउराली मिडियाले यसअघि पनि तिजसँग सम्बन्धित विभिन्न सांगीतिक प्रस्तुतिहरू बजारमा ल्याउँदै आएको छ ।


ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise