२०८२ भदौ ३ गते मङ्गलवार / Aug 19 , 2025 , Tuesday
२०८२ भदौ ३ गते मङ्गलवार
Ads

जलजलाको स्वर, सन्तोषका धुनमा गुञ्जिँदै राधा

shivam cement
मध्यान्ह
२०८२ भदौ ३ गते १२:१४
जलजलाको स्वर, सन्तोषका धुनमा गुञ्जिँदै राधा

काठमाडौं : गजलकार राधा कणेलका शब्दलाई विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठका धुनमा लोकप्रिय गायिका जलजला परियारले गाउने भएकी छन् ।

६ भदौ शुक्रबार काठमाडौंको सर्वनाम थिएटरमा जलजलाले राधाका ५ वटा गजल गाउने छन् । अनाममण्डली, नेपाल गजल प्रतिष्ठान र गोल्डेन क्रियसनको आयोजनामा हुने कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले सहकार्य गरेको छ ।

गजल अभियन्ता, समालोचक घनेन्द्र ओझा र आफूले वि. सं. २०८०-२०९०को दशकलाई 'नेपाली गजल गायनको स्वर्ण दशक' घोषणा गरेको र सोही अभियानअन्तर्गत यो कार्यक्रम आयोजना गरिएको संगीतकार सन्तोष श्रेष्ठले जानकारी दिए ।

नेपाली गजल गायन अभियान देशभर सञ्चालन गरिने श्रेष्ठले बताए । 'यो अभियान गजल गायन र लेखन दुवैको विकास, विस्तार र परिष्कारका लागि हो', श्रेष्ठले भने, 'अभियानकै क्रममा केही ऐतिहासिक काम पनि हुँदै छन् ।'

गजलकार राधा कणेलले गजललाई संगीतमा ल्याउने अभियानमा आफू सहभागी भएकामा खुसी हुँदै गजल संगीतको विकास र विस्तार होस् भन्ने चाहना रहेको बताइन् ।

ADV

सम्बन्धित खबर

Advertise