रौतहट : घरका मान्छेहरुलाई बिरामी पारेको भन्दै रौतहटमा एक धामीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
२६ भदौमा गैडाटारमा रहेको कालापानी सामुदायिक वनको जंगलमा रुखको हाँगामा गम्छाको पासो लगाएर झुण्डीएको अवस्थामा ५० वर्षिय रोहिणीप्रसाद घोरासैनीको शव फेला परेको थियो ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले चन्द्रपुर चार कप्तान टोलका सूर्य बहादुर भण्डारी, गैडाटारका प्रल्हाद फुयाल, पर्सागढीका रमेश पहरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पहारीले आफूले सहदेव भन्ने डोलप्रसाद वोलखेले घोरासैनीको हत्या गर्न ३ लाख रुपैया दिने सम्झैता गरेको बताए पछि हत्याको रहस्य खुलेको हो ।
चन्द्रपुर ४ कप्तान टोलका सहदेव वोलखेको घरका सदस्यहरु बिरामी भइरहेने भए पछि गाँउमै धामीको काम गर्ने रोहिणी प्रसाद घोरासैनीलाई त्यसको दोष लगाउदै उनकै कारणले घरका मान्छे रोगी भएको भन्दै हत्या गर्ने योजना बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
१८ वर्षदेखि रिसइवी भएपनि उनको गत २६ गते हत्या गरेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies