२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

कतारमा भव्य रूपमा मनाइयो तिज

Nada
तिलु शर्मा पौडेल
२०८२ भदौ ७ गते २२:३८
Shares
कतारमा भव्य रूपमा मनाइयो तिज

दोहा कतार : कतारमा रहेका नेपाली महिलाहरूलाई लक्षित गर्दै आयोजना गरिएको रमाइलो तिज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । खास गरी बाल कलाकारहरूले दमदार प्रस्तुति रहेको कार्यक्रम कतारको होलिडे भिल्लाको सभा हलमा भएको थियो । कार्यक्रम कतारका लागि नेपाली राजदूत रमेश चन्द्र पौडेलको प्रमुख आतिथ्यता तथा महिला समाजकी अध्यक्ष माया केसीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

ncell

No description available.

महिला समाजमा आवद्ध कलाकारहरूको प्रस्तुति रहेको कार्यक्रममा नेपालबाट आमन्त्रित लोक तथा दोहोरी गायिका रेजिना परियारले आधा दर्जन बढी गीत गाएकी थिइन् । उनको प्रस्तुतिमा हल नै जुरुक्क बनेको थियो । परियारले ‘कर्मैले परदेश पु¥यायो’, ‘यतिको भएसी चल्छ नेपालमा’, ‘भुल परे दाइ म त’, ‘नाच ओइ बाटुली’, ‘परे म त छक्कै’ गीत गाउँदा सयौँ दर्शक छमछम नाचेका थिए ।  पहिलो पटक कतार आइपुगेकी उनले कतार यात्राको अवसरका लागि आयोजकप्रति आभार व्यक्त गरिन् ।

No description available.

‘क्षितिज वारि मेरो बस्तीमा’ बोलको गीत गाउँदै कार्यक्रमको अन्तिममा स्टेज चढेकी लोक तथा दोहोरी गायिका टीका पुनले जहाँ नेपाली त्यहाँ नेपाल भन्दै, नेपालदेखि कतारसम्म आएर कार्यक्रममा सहभागी हुने अवसर जुराइदिने नेपाली महिला समाजलाई धन्यवाद ज्ञापन गर्दै समाजकी अध्यक्ष केसीलाई नेपालबाट ल्याएको उपहार प्रदान गर्दै आफ्नो प्रस्तुति सुरु गरेकी थिइन् । पुनले ‘माइतीको देश’,‘करिमै रुखो हुनाले’, ‘पानी माथि डुंगा’, ‘जमिनै फरर’, ‘गैरा बारी’,‘कर्मैले घुमायो मलाई’,‘जाम भने जान्छेउ र माया’ लगायतका एक दर्जन गीत गाएर दर्शकहरुलाई झुमाएकी थिइन् । गायिकाद्वय पुन र परियारले ‘तिजको लहर आयो बरिलै’ गीत गाउँदै साङ्गीतिक प्रस्तुतिको बिट मारेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महामहिम पौडेलले परदेशमा रहँदै गर्दा पनि नेपाली चाडपर्व, रीतिरिवाज, कला संस्कृतिलाई उत्तिकै महत्व दिएर आयोजना गरिएको भब्य कार्यक्रम आफूलाई प्रमुख अतिथिको भूमिकामा निमन्त्रणा गरी सहभागी हुने अवसर प्रदान गरेको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका थिए । महिला समाजलाई भोजपुर सेवा समाज कतारले तिज विशेष कोसेली प्रदान गरेका थिए  । 

No description available.

समाजकी वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सन्ध्या अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रममा दिया सिंह र प्रज्ञा निउरेले स्वागत नृत्य पेस गरेका थिए ।  महासचिव मेनुका खतिवडा भण्डारी र प्रवक्ता शारदा भुजेलले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष केसीले हलमा उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सहयोगी संघसंस्था, स्पोन्सर, सहयोगी दाता, कलाकार, पत्रकारहरू र कार्यक्रम तयारीमा जुट्ने कार्यसमिति टिमप्रति आभार व्यक्त गरिन् । 

No description available.

सचेतना अन्तर्गत कतारको मानव अधिकार आयोगमा कार्यरत हमिद खान र निशा पराजुलीले कतारका कानुन र कामदारले के कस्ता नियमको पालना गर्नु पर्दछ भन्ने २० प्रश्न उत्तर गरी सचेत गराएका थिए ।

No description available.

कतारमा रहेका दर्जनौँ कलाकारले प्रस्तुति दिएको कार्यक्रममा दर्शकको संख्या अत्यधिक बढेसँगै आयोजकलाई दर्शक व्यवस्थापनमा निकै सकस परेको थियो । महिलालाई निःशुल्क प्रवेशको सुविधा रहेको कार्यक्रमको हल तिजमय बनेको थियो । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

ताजा खबर

सम्बन्धित खबर