२०८२ कार्तिक १ गते शनिवार / Oct 18 , 2025 , Saturday
२०८२ कार्तिक १ गते शनिवार
Ads

प्रकाशक श्रेष्ठ सम्मानित

shivam cement
मध्यान्ह
२०८२ भदौ ७ गते २३:०१
प्रकाशक श्रेष्ठ सम्मानित

काठमाडौं : मध्यान्ह दैनिककी प्रकाशक सितादेवी श्रेष्ठ सम्मानित भएकी छन् । शनिबार काठमाडौंको टोखामा टोखा नगरपालिकाको आयोजना तथा स्वीकृति इभेन्ट म्यानेजमेन्ट काठमाडौंको संयोजनमा भएको बाल्यकालको झल्को दिने ‘उबेलाको तीज’ शीर्षकमा बृहत् सांस्कृतिक कार्यक्रममा प्रकाशक श्रेष्ठलाई सम्मान गरिएको हो ।

पत्रकारिताका माध्यमबाट संस्कृति संरक्षणलगायतमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै प्रकाशक श्रेष्ठलाई सम्मान गरिएको स्वीकृति इभेन्ट म्यानेजमेन्टका संयोजक तथा गायक नविन पौडेलले जानकारी दिए । 

प्रकाशक श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले प्रमाणपत्रले सम्मान गरेका हुन् । 

सोही अवसरमा पत्रकारिताका माध्यमबाट योगदान पुर्‍याएकोमा सौर्य दैनिकका बाबुराम सिग्देल, रातोपाटीका कुवेर गिरी, न्युजपोलार डटकमका सुशील अर्याल, सेतोपाटीका सुशील नेपाल, मिलापकी गीता अधिकारी, म्युजिक खबर डटकमकी सविता पोखरेल, शानदार मिडियाका शिखरजंग श्रेष्ठ, आर्टिस्ट खबर डटकमका गोपीकृष्ण चापागाईंलाई पनि सम्मान गरिएको थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise