२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

प्रकाशक श्रेष्ठ सम्मानित

Nada
२०८२ भदौ ७ गते २३:०१
Shares
प्रकाशक श्रेष्ठ सम्मानित

काठमाडौं : मध्यान्ह दैनिककी प्रकाशक सितादेवी श्रेष्ठ सम्मानित भएकी छन् । शनिबार काठमाडौंको टोखामा टोखा नगरपालिकाको आयोजना तथा स्वीकृति इभेन्ट म्यानेजमेन्ट काठमाडौंको संयोजनमा भएको बाल्यकालको झल्को दिने ‘उबेलाको तीज’ शीर्षकमा बृहत् सांस्कृतिक कार्यक्रममा प्रकाशक श्रेष्ठलाई सम्मान गरिएको हो ।

ncell

पत्रकारिताका माध्यमबाट संस्कृति संरक्षणलगायतमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै प्रकाशक श्रेष्ठलाई सम्मान गरिएको स्वीकृति इभेन्ट म्यानेजमेन्टका संयोजक तथा गायक नविन पौडेलले जानकारी दिए । 

प्रकाशक श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले प्रमाणपत्रले सम्मान गरेका हुन् । 

सोही अवसरमा पत्रकारिताका माध्यमबाट योगदान पुर्‍याएकोमा सौर्य दैनिकका बाबुराम सिग्देल, रातोपाटीका कुवेर गिरी, न्युजपोलार डटकमका सुशील अर्याल, सेतोपाटीका सुशील नेपाल, मिलापकी गीता अधिकारी, म्युजिक खबर डटकमकी सविता पोखरेल, शानदार मिडियाका शिखरजंग श्रेष्ठ, आर्टिस्ट खबर डटकमका गोपीकृष्ण चापागाईंलाई पनि सम्मान गरिएको थियो । 

ताजा खबर

सम्बन्धित खबर