२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

साउदीमा आठ नेपालीलाई आममाफी

shivam cement
अन्जान गुभाजु
२०८२ भदौ ११ गते ०६:२०
साउदीमा आठ नेपालीलाई आममाफी

जेद्दा : साउदी अरबका विभिन्न जेलमा कैद भोगिरहेका आठ जना नेपाली नागरिकलाई साउदी अरेबिया सरकारले आममाफी दिएको छ ।

साउदीको जेद्दास्थित नेपाली महावाणिज्यदूतावासका अनुसार आममाफी पाउने नेपालीहरूमा प्रकाश विष्ट, राजेश बुढा मगर, जय बीसी, हर्कदबहादुर कार्की, यमबहादुर थापा, ध्यानबहादुर राई, पवन गुरुङ र पेम्बा रहेका छन् । 

स्रोतका अनुसार हाल साउदी अरबका विभिन्न जेलमा करिब ६ सय नेपाली रहेका छन् । सामान्य मुद्दा वा सजाय कम भएकाहरूलाई समय–समयमा साउदी सरकारले आममाफी दिने गरेको भएपनि अझै धेरै नेपालीले कठिन परिस्थिति भोगिरहेको बताइएको छ ।

आममाफी पाएका नेपालीहरूलाई आवश्यक कागजी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काउने तयारी भइरहेको जेद्दा महावाणिज्यदूतावासले जनाएको छ । यसबीचमा अन्य कैदी नेपालीहरूले पनि यस्तै राहत पाउने आशा व्यक्त गरेका छन् । साउदी अरेबियामा करिब ४ लाख नेपाली कार्यरत रहेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise