२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

‘कजारियासँगै गृहप्रवेश, घुमौं देशविदेश’ योजना सार्वजनिक

shivam cement
२०८२ भदौ १७ गते २१:०२
Shares
‘कजारियासँगै गृहप्रवेश, घुमौं देशविदेश’ योजना सार्वजनिक

काठमाडौं : काजारिया टायल्सले दसैंतिहारलाई योजना सार्वजनिक गरेको छ । ‘कजारियासँगै गृहप्रवेश, घुमौं देशविदेश’ योजनाअन्तर्गत ग्राहकले दैनिक लक्की ड्रमार्फत स्मार्टवाच जित्ने अवसर पाउनेछन् । साथै, केही भाग्यमानीले सम्पूर्ण खर्चसहित सिंगापुर क्रुज भ्रमण गर्ने मौका पनि पाउनेछन् ।

काजारियाका अनुसार भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने यो योजनामा सहभागी हुन ग्राहकले कजारियाका आधिकारिक डिलरहरूबाट कम्तीमा हजार वर्गफिट टायल्स खरिद गर्नुपर्नेछ । निर्धारित सीमाभन्दा बढी खरिद गर्ने ग्राहक स्वतः लक्की ड्रका लागि योग्य हुनेछन् ।

काजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले उपभोक्ताप्रतिको आभारस्वरूप यो योजना सार्वजनिक गरिएको बताए । उनले भने, ‘दशकौंदेखि हामीले निर्माण गरेको विश्वास, गुणस्तर र उत्कृष्टताको अनुभवलाई अझ विशेष बनाउने उद्देश्यले यो योजना ल्याएका हौं ।’

सो योजनाअन्तर्गत ग्राहकले कजारियाका नजिकको डिलरबाट टायल्स छनोट गरेर खरिद गरेपछि प्राप्त कोड स्क्यान गरेर योजना दर्ता गराउन सक्ने कम्पनीले जनाएको छ ।  

नेपालकै सबैभन्दा ठुलो टायल उत्पादन प्लान्ट रहेको काजारिया रमेश टायल्सले हाल ४ हजारभन्दा बढी विशेष डिजाइनका टायलहरू उत्पादन गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर