२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

शतक रक्तदाता कर्माचार्यद्वारा १ सय ७९औं पटकको रक्तदान

ADV
पवन जायसवाल
२०८१ साउन ५ गते २०:४२
शतक रक्तदाता कर्माचार्यद्वारा १ सय ७९औं पटकको रक्तदान

नेपालगञ्ज : स्वयंसेवी रक्तदाताहरुले दानमा दिएको रगत सम्बन्धित बिरामीले निःशुल्क पाउनुपर्छ भन्दै सरकारलाई ध्यानाकर्षण गराउँदै आएका नेपाल शतक रक्तदाता/रक्तसम्राट एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले गोरखा जिल्लामा १ सय ७९ औं पटक रक्तदान गरेका छन् । 

नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखाको आयोजनामा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा रक्तदान गर्दै शतक रक्तदाता प्रेमसागर कर्माचार्यले पहिलेको तुलनामा स्वयंसेवी रक्तदाता बढे पनि बिरामीको संख्या पनि वृद्धि हुँदै गइरहेको छ, अहिले देशभर रगत अभाव भएको भइरहेको बताए ।

‘४५ केजी तौल भएका प्रत्येक स्वस्थ यूवाहरुले आफ्नो १८औं जन्मोत्सवसँगै मानव जीवन बचाउनका लागि रक्तदानमा लाग्न म आग्रह गर्दैछु । त्यसैले स्वयंसेवी रक्तदाताहरुले दानमा दिएको रगतको बिरामीहरुले शुल्क तिर्नुपरेको छ । यो कार्यलाई सरकारले सम्बोधन गर्नुपर्छ,’उनले भने,‘हामीले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभएको बेला सरकारलाई ध्यानाकर्षण गराएका थियौं, तर त्यसमा कुनै सुनुवाइ भएन हेरौं यो सरकारले यसप्रति ध्यान दिन्छ कि, दिँदैन । हामी भने खबरदारीमा लागि रहने छौं ।’

शतक रक्तदाता कर्माचार्यले युवापुस्तामा उत्प्रेरणा जाग्रित गराउनका लागि देशको हिमाल, पहाड, तराई लगायत विभिन्न ठाउँमा रक्तदान गर्दै आइ रहेका छन् । 

नेपाल रक्तदाता समाज गोरखा जिल्ला शाखाका अध्यक्ष रामबहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कृष्ण बहादुर रानाले नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता कर्माचार्यलाई गोर्खालीहरूको तर्फबाट सार्वजनिक अभिनन्दन गरिनुका साथै दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका थिए । 

नेपालगञ्जमा रक्तदान

द रोयल फिटनेश जोन नेपालगञ्जको आयोजना, एकता युवा कलब, एस.के. डेरी उद्योग, आरोही पशुपति ट्रेडर्स, नेपाल मानव धर्म सेवा समिति बाँके, मनकामना आयुर्वेद, शर्मिला आल्मुनियम सप्लायर्सको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १८ कारकाँदौंमा रहेको द रोयल फिटनेश जोनमा आयोजित नेपाल मानव धर्म सेवा समितिका भेरी राप्ती क्षेत्रीय उपाध्यक्ष मंगल जिएमद्वारा सञ्चालित, द रोयल फिटनेश जोनका अध्यक्ष अमित लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिकी महात्मा चन्द्रकान्ता बाइजी प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बाइजीले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी उद्घाटन गरिएको थियो । 

कार्यक्रममा द रोयल फिटनेश जोनका अध्यक्ष अमित लामा, एकता युवा क्लबका अध्यक्ष राजेश यादव र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय जानकी गा.पा.वडा नं.५ गुरुवा गाउँकी प्रधानाध्यापक सन्ध्या शर्मा लगायत ५० जनाले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, होमराज गिरी, सुनिल पुलामीमगर, सुभाष रावत, टंक साउद, बैकुण्ठ रेग्मी, बीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise