२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

गैरआवासीय नेपाली संघ मलेसियाको पहिलो मासिक भेला सम्पन्न

Nada
तिलोचन गौतम
२०८२ असोज ४ गते १७:५३
Shares
गैरआवासीय नेपाली संघ मलेसियाको पहिलो मासिक भेला सम्पन्न

मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले आफ्नो कार्यकालको पहिलो मासिक भेला सम्पन्न गरेको छ । गत अगस्ट ३१ मा सम्पन्न नवौं महाधिबेशनबाट अध्यक्षमा इन्द्र नारायण लिम्बूलगाएतका पदाधिकारी निर्वाचित भएपछिको यो पहिलो मासिक भेला हो । संघका अध्यक्ष लिम्बूको संयोजकत्वमा सम्पन्न भेलामा संघको आगामी कार्ययोजना खाका तयार पार्न र संघलाई थप सुदृढीकरण गर्ने, कार्यालय व्यवस्थापन गर्ने लगाएतका महत्वपूर्ण विषयहरूमा छलफल भएको थियो ।

ncell

भेलामा एनआरएनए मलेसियाका पदाधिकारी, सल्लाहकार, विभिन्न क्षेत्रबाट प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो । बैठकमा आपसी सहयोग र मेलमिलापको भावना जागृत गराउँदै नेपाली श्रमिकहरूको हकहितका बारेमा सुसुचित गराउने योजना तर्जुमा, नेपाली राजदूतावाससँगको सम्पर्क र समन्वय, राज्य समिति संघको संरचना विस्तार, अफिस र सेल्टर हाउस विस्तार र व्यवस्थापनसम्बन्धी छलफल गरिएको गैरआवासीय नेपाली संघका महासचिव प्रमोद शर्माले जानकारी दिए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष लिम्बूले मासिक भेलालाई सम्बोधन गर्दै मासिक भेला नियमित रुपमा सञ्चालन गरी सबै पदाधिकारीहरूलाई सहकार्य गरेर सकेसम्म धेरै भन्दा धेरै श्रमजीवी वर्गसम्म संघलाई  पुर्याउन आफू प्रतिबद्ध रहेको जनाउदै सबैको साथ र सहयोग रहनुपर्ने बताए ।

मासिक भेलाले नेपाली साथिहरूको जमघट हुने सौहार्दता बाढ्न र बढाउन एक आपसमा भाइचारा कायम गर्न समस्याहरू साझेदारीता र सहयोग भाव आदानप्रदान गर्न सबैका कुरा सुन्न र नयाँ कुरा सिक्ने माध्यमका रुपमा स्थापित गर्नुपर्ने भन्दै सरिक हुन पाउँदा खुसी व्यक्त गरेका थिए ।

उपाध्यक्ष दिल केरुङ लिम्बूले पारदर्शिता, जवाफदेहिता र संघमा सक्रियता बढाउनुपर्ने कुरामा जोड दिएका थिए । मासिक भेला अनौपचारिक रुपमा महासचिव प्रमोद शर्माले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर