काठमाडौं : विजि बर्मा फिल्मसको व्यानरमा शंकर अधिकारी घायलको लेखन निर्देशनमा निर्माण भएको चलचित्र ‘यो मेरो दिल’को ट्रेलर सार्वजनिक भएको छ । सामाजिक कथा वस्तुमा निर्माण गरिएको चलचित्रमा राहुल जेटली, प्रवेश लिम्बु, प्रतिभा राई, रुशिल रुशिल रेनु थापा, गङगा कुवर, राजन मर्हजन, दसबहादुर तामाङ, सुर्य तामाङ, पदम सुनारलगायतको अभिनय रहेको छ ।
दिवस गुरुङको छायांकन, राजु किरातीको फाईट, राजन महर्जनको नृत्य, अन्जली भण्डारीको सम्पादन रहेको चलचित्रलाई ओएसआर मुभिजबाट ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र छिट्टै दर्शक माझ ल्याउने तयारी भइरहेको निर्देशक अधिकारीले बताएका छन् । चलचित्र फिदाको तयारीमा समेत जुटिसकेका निर्देशक अधिकारी यो मेरो दिललाई दर्शकहरुले मनपराई दिनेमा ढुक्क छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies