२०८२ असोज १७ गते शुक्रवार / Oct 03 , 2025 , Friday
२०८२ असोज १७ गते शुक्रवार
Ads

क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि व्यवसायी यादवद्वारा आर्थिक सहयोगको घोषणा

shivam cement
तिलोचन गौतम
२०८२ असोज १४ गते १२:२९
क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि व्यवसायी यादवद्वारा आर्थिक सहयोगको घोषणा

मलेसिया : मलेसियामा लामो समयदेखि व्यवसाय र समाजसेवामा सक्रिय युवा व्यवसायी विनोद कुमार यादवले नेपालमा जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि नेपाल सरकारद्वारा स्थापित पुनर्निर्माण कोषमा ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

विनोदले आन्दोलनमा सहिद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले नेपालको पुनर्निर्माण सबै नेपालीको साझा दायित्व भएको बताउँदै यो आन्दोलनले राजनीतिक चेतनामा महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरे ।

मध्यान्ह राष्ट्रिय दैनिकसँगको कुराकानीमा विनोदले भने, “संकटको यो घडीमा पुनर्निर्माणका लागि सबैको एकजुटता आवश्यक छ । मेरो यो सानो सहयोगले अरूलाई पनि प्रेरणा मिलोस् भन्ने अपेक्षा छ ।” उनले मलेसियामा रहेका नेपाली समुदायलाई पनि सहयोगका लागि अघि बढ्न आह्वान गरेका छन् ।

मलेसियामा रहँदा विभिन्न समस्यामा परेका नेपालीहरूलाई निरन्तर सहयोग गर्दै आएका विनोद हालै गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसिया, २०२५–२०२७ कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित भएका छन् । उनको यो कदमले नेपाल र नेपालीप्रतिको उनको समर्पणलाई झल्काउँछ ।

ADV

सम्बन्धित खबर

Advertise