२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

प्रथम बित्थड कप २०८२ सुरू

Nada
सत्यराज सिंह
२०८२ असोज १९ गते ०८:०९
Shares
प्रथम बित्थड कप २०८२ सुरू

बझाङ: बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर १ को माथिल्लो बित्थडमा वडा स्तरिय क्रिकेट प्रतियोगिता सुरू भएको छ । राष्ट्रिय युवा संघ बित्थडचिर गाउँपालिका कमिटिद्वारा आयोजित प्रथम बित्थड कप २०८२ शनिबारदेखि सुरू भएको हो।

ncell

प्रतियोगितामा गाउँपालिका भित्रका १९ ओटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो दिन दुई खेल पुरा भएका हुन् । पहिलो खेलमा दाजुभाई अटो वर्कसप बित्थडचिर-८ र नर बहादुर स्मृति क्लब बित्थडचिर-३ बीच भएको खेलमा दाजुभाई अटो वर्कसप बित्थडचिर ८ ले जित हासिल गरेको छ । यस्तै दोस्रो खेल वडा नम्बर-२ 'बि' र बित्थड युथ क्लबबीच भएको थियो ।जसमा बित्थड युथ क्लबले जित हात पारेको छ।

प्रतियोगिता बझाङ जिल्ला क्रिकेट संघका जिल्ला अध्यक्ष प्रविन धामीको प्रमुख आतिथ्यतामा सुरू भएको थियो । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष धामीले जिल्ला क्रिकेट खेल मैदानको अभावका बाबजुद ठूलाठूला प्रतियोगिताहरु आयोजना हुनु खुशीको कुरा भएको बताए । उनले, बझाङबाट सम्झना धामी, अशोक धामी जस्ता अन्तराष्ट्रिय स्तरका खेलाडीहरु जन्मिएको बताउदै सबैले क्रिकेट खेलको बिकासका लागि लाग्नुपर्ने बताए।

कार्यकम राष्ट्रिय युवा संघ बित्थडचिर गाउँपालिका कमिटि अध्यक्ष तारा बोहराको अध्यक्षतामा सुरू भएको थियो । प्रतियोगिताको विजेता टिमले २५ हजार ५५५ नगतसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् भने, दोस्रो हुने टिमले १४ हजार ४४४ नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । खेल राउण्ड सेभनमा १२ ओभरको र फाइनलमा १५ ओभरको खेलाइने छ ।

ताजा खबर

सम्बन्धित खबर