२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कांग्रेस अर्घाखाँचीको आयोजनामा वृक्षारोपण

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन ६ गते २१:२२
कांग्रेस अर्घाखाँचीको आयोजनामा वृक्षारोपण

अर्घाखाँची : नेपाली कांग्रेस अर्घाखाँचीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । जननायक विश्वेश्वर प्रसाद कोईरालाको ४२ औं स्मृति दिवसको अवसरमा वृक्षारोपण गरेको हो । 

नेपाली कांग्रेसले प्रत्येक वर्षको साउन ६ गते स्वर्गीय बीपी कोइरालाको स्मृति दिवसमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।  

सन्धिखर्क नगरपालिका वडा नं. १ मा रहेको लदाम बगैँचामा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा पिपल, राजवृक्ष, तेजपत्ता, सफेतो, वीरेन्द्र फुल गरी एक सय वटा बिरुवा रोपिएको नेपाली कांग्रेस जिल्ला सचिव कृष्ण प्रसाद खनालले जानकारी दिए ।

वृक्षारोपण पश्चात कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति केशव श्रेष्ठ पूर्व जिल्ला सभापति कमल प्रसाद भुसाल, लुम्बिनी प्रदेश कार्य समिति सदस्य शान्ता भण्डारीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति पदाधिकारी, पूर्व पदाधिकारी, जिल्ला सदस्य, प्रदेश सभा ‘क’ र ‘ख’ पदाधिकारी, सदस्य, नगर कार्यसमितिका पदाधिकारी, सदस्य, वडा कार्यसमितिका पदाधिकारी, सदस्य, लगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रम जिल्ला पार्टी सभापति केशव श्रेष्ठको सभापतित्व र सचिव कृष्ण प्रसाद खनालको संचालनमा सम्पन्न भएको हो । यस्तै आइबार वडा कार्यसमिति, पालिका कार्यसमितिले आयोजनामा विभिन्न कार्यक्रम भएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise