२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

चेत नारायण आचार्य बन्दै लुम्बिनीको मुख्यमन्त्री

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन ७ गते १२:१४
चेत नारायण आचार्य बन्दै लुम्बिनीको मुख्यमन्त्री

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने भएका छन् । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।

एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताए । 'अहिले हामीले मुख्यमन्त्रीमा चेतनारायण आचार्यको नेतृत्वमा सरकार बनाउने गरी दाबी पेश गर्दैछौं,' उनले भने । 

आचार्यले पनि पार्टीले आफूलाई सरकारको नेतृत्वको जिम्मेवारी दिएको र सोहीअनुसार प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न जाने तयारीमा रहेको बताए । 

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका आचार्य जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए । आचार्य लीला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा शहरी विकास मन्त्री रहेका थिए ।

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise