२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

'लुम्बिनी प्रदेशको विकासलाई नयाँ मोडलमा अगाडि बढाउँछु'

Nada
सूर्यप्रसाद भुसाल
२०८१ साउन ७ गते १३:३२
Shares
'लुम्बिनी प्रदेशको विकासलाई नयाँ मोडलमा अगाडि बढाउँछु'

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको विकासलाई नयाँ मोडलबाट अगाडि बढाउने बताएका छन् ।  

ncell

यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै लिला गिरीको नाम हटाइएको थियो । मुख्यमन्त्रीमा नाम प्रस्ताव भएर दाबी पेस गर्न जान लागेका आचार्यले मध्यान्हसँग कुरा गर्दै भने, 'पार्टीबाट मलाई मुख्यमन्त्रीमा प्रस्ताव आयो, कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी दाङबाट बुटवल आउँदै हुनुहुन्छ अनि प्रदेश प्रमुखसँग दाबी पेस गर्न जाने तयारी छ ।' 

एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न जानका लागि सबै सांसदहरुले हस्ताक्षर गरेकाले अब केही बेरमा प्रदेश प्रमुखको कार्यलयमा जाने तयारी भएको बताए ।

चौधरीले मध्यान्हसँग भने, 'अहिले हामीले मुख्यमन्त्रीमा नेता चेतनारायण आचार्यको नेतृत्वमा सरकार बनाउने गरी दाबी पेश गर्दैछौं,' आज उहाँ मुख्यमन्त्री बन्नु हुन्छ, सानो आकारको मन्त्रिपरिषद भोलिसम्म बन्ला, भोलि नै शपथ हुने भएकाले कांग्रेसँसँग छलफल गरेर मन्त्रिपरिषद विस्तार हुन्छ ।'

आचार्यले  पार्टीले आफूलाई सरकारको नेतृत्वको जिम्मेवारी दिएकोमा खुसी व्यक्त गर्दै भने, 'अर्घाखाँचीवासीको माया त थियो नै, सिंगो लुम्बिनी प्रदेशको माया पाउँदा हर्षित छु, मुख्यमन्त्री बनेपछि अरुले भन्दा नयाँ काम गर्छु, भ्रष्टचार हुन दिन्न, गर्दापनि गर्दिन र गरेको सहन्न । सोहीअनुसार राम्रो काम गर्ने लक्ष्य छ ।'

नेता आचार्य अर्घाखाँची प्रदेश सभा क बाट निर्वाचित नेकपा एमाले अर्घाखाँचीका पूर्वअध्यक्ष हालका केन्द्रीय सदस्य हुन् । उनी एमालेका महासचिव शंकर पोखरेलका विश्वास पात्र पनि हुन् । 

यसअघि महासचिव पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री रहेका आचार्यले लिला गिरी नेतृत्वको सरकारमा खानेपानी मन्त्री, जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बनेर काम गरिसकेका छन् ।

सम्बन्धित खबर