२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

भूमिकास्थान नगरको वार्षिक प्रगति समीक्षा

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन ७ गते २०:२७
भूमिकास्थान नगरको वार्षिक प्रगति समीक्षा

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ मा सम्पादित कार्य योजना, कार्यक्रम तथा सेवा प्रवाहको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा नगरस्थित विभिन्न शाखा प्रमुखहरुले शाखागत प्रगति प्रस्तुत साथै सबै वडाका सचिवहरुले वडागत प्रगति प्रस्तुत गरेका थिए । 

समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख झविलाल थापाले वार्षिक समीक्षामा आएका रचनात्मक सुझावहरुलाई  ग्रहण गरेर अगाडि बढ्ने भन्दै चालु आर्थिक वर्षमा नवःप्रर्वतनसँगै उत्पादनको कार्यक्रमलाई विशेष योजनाका साथ अगाडि बढ्न लागेको बताए । 

नगर प्रमुख थापाले शिक्षा र स्वास्थ्यको गुणस्तर विकासका लागि अब सर्वपक्षिय बैठक बसी योजनावद्ध रुपमा अगाडि बढ्ने भन्दै त्यसका लागि सबैको साथ सहयोग आवस्यक पर्ने बताए । 

जनताको माग र आवश्यकताको आधारमा योजना आयोजना अगाडि बढाएको भन्दै केही नयाँ कार्यक्रमका साथ अगाडि बढ्न खोजिएको बताए ।

विगतका वर्षहरुमा भन्दा यसवर्ष राजस्व संकलन वृद्धि भएको भन्दै अगाडिका वर्षमा थप वृद्धि हुने भन्दै निजी क्षेत्र, संघ समेत समन्वय गरेर विभिन्न योजनाहरु अगाडि बढाउन लागि रहेको प्रमुख थापाले बताए । नगर उपप्रमुख बालकृष्ण बन्जाडेले बजेट कम हुँदा अपेक्षित विकास गर्न नसकिएको भन्दै सबैले सहयोग गरेर अगाडि बढ्नुपर्ने बताए । 

नगरपालिकाले जम्मा तीन सय २२ योजना आयोजना सञ्चालन गरेको  छ, जसमध्ये समग्रमा ८४.४३ प्रतिशत प्रगति भएको योजना शाखा प्रमुख हरिशचन्द्र भुसालले बताए । 

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत टुबलाल सापकोटाले समीक्षाबाट आएका सुझावलाई आगामी आर्थिक वर्षमा सुधार गरेर अगाडि बढ्ने बताए । 

कार्यक्रममा  नेकपा एमालेका नगर अध्यक्ष मणी पौडेल, पत्रकार महासंघका जिल्ला सहसचिव हृदय भुसाल, अखिल नेपाल शिक्षक संघका नगर अध्यक्ष राम बहादुर थापाले मन्तव्य राखेका थिए । 

कार्यक्रममा पत्रकार गोपाल प्रसाद भट्टराई लगायतले सुझाव राखेका थिए । कार्यक्रमको सञ्चालन शेषकान्त घिमिरे ओसनले सञ्चालन गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise