२०८२ कार्तिक ११ गते मङ्गलवार / Oct 28 , 2025 , Tuesday
२०८२ कार्तिक ११ गते मङ्गलवार
Ads

अरुण नदीको सतिघाटमा फेरी पुन:सञ्चालन

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ११ गते ०७:१९
अरुण नदीको सतिघाटमा फेरी पुन:सञ्चालन

भोजपुर : उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुन:सञ्चालनमा ल्याइएको हो ।

अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन् । वर्षात्को समयमा नदीको बहाव तीव्र भएपछि पाँच महिनाअघिबाट फेरी सञ्चालन बन्द गरिएको थियो । फेरी सञ्चालन नहुँदा जिल्लाको उत्तरी क्षेत्रका यात्रु र स्थानीयलले आवतजावतमा ठूलो कठिनाइ भोग्दै आएका थिए । फेरी पुन:सञ्चालनसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दा सहजता भएको छ ।

फेरी बन्द रहेका बेला स्थानीयले झोलुंगे पुलमार्फत पिँठ्यूमा बोकेर खाद्य सामग्री तथा आवश्यक वस्तु ओसार्न बाध्य भएका थिए । विसं २०७६ देखि सञ्चालनमा आएको फेरी हालसम्म उत्तरी क्षेत्रका लागि प्रमुख यातायात पार गर्ने माध्यम बनेको छ । 

फेरी बन्द हुँदा झोलुंगे पुलबाट आवतजावतसँगै पिँठ्यूमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्थामा अहिले सजता थपिएको स्थानीयवासी दिपेन्द्र श्रेष्ठले बताए ।

“पाँच महिनापछि फेरी सञ्चालनमा आउँदा निकै सहज भएको छ”, उनले भने, “फेरी नचल्दा हाम्रो दैनिकी निकै कष्टकर हुन्थ्यो । यहाँ पक्की पुल बने सधैँका लागि समस्या अन्त्य हुने थियो ।”

ADV

सम्बन्धित खबर

Advertise