२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

सिमलताल दुर्घटनाः बेपत्ताहरु भेटिने आशमा आफन्त

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ साउन ७ गते २२:३०
Shares
सिमलताल दुर्घटनाः बेपत्ताहरु भेटिने आशमा आफन्त

रौतहट : गत असार २८ गते शुक्रबार चितवनको सिमलताल खसेको गणपति डिलक्समा यात्रारत सरोज कुमार साहले चार जनाको पुतला बनाइ संस्कृतिअनुसार अन्तिम संस्कार गरेका छन् । 

ncell

त्रिशुली नदीमा बस खसेपछि साह पौडेर बाहिर निस्कन सफल भएका थिए । साहसँगै काठमाडौंबाट घरका लागि सोही बसमा थिए बुबा परशुराम साह, आमा मीनादेवी, भिनाजु नरेश साह र बहिनी रिंकु साह । 

असारको अन्तिम शुक्रबार त्रिशुलीमा खसेको बसमासँगै यात्रा गरिरहेका धेरै जनाको शव भेटिएपनि साहका चारै जनामध्ये कसैको पनि शव भेटिएको छैन । 

भारतीय एनडिआरएफको टोलीले सिमलताल क्षेत्रमा उद्धारको काममा लागेको सुनेपछि साह भक्कानिएका छन् । उनी भन्छन्, ‘संस्कृतिअनुसार पुतला बनाएर दाह संस्कार गरिसकेको भएपनि कतै भेटिइहाल्छन् कि भन्ने लागिरहन्छ ।’

एकसाथ पाँच जना हिँडेकामा चार आफन्त गुमाइ आफू मात्र बाँच्न सफल साह थप्छन्, ‘म आफैँ बाँचेको छु कि मरेको छु भन्ने छुट्याउन पनि कहिलेकाही गाह्रो लाग्दछ ।’ 

भारतीय उद्धारकर्ताको टिमले बसको अवशेषसँगै हराइरहेका आफन्तको सास कि शव फेला पार्ने विश्वास आफूलाई रहेको साह बताउँछन् । 

पुतला बनाइ दाह संस्कार गरिसकिएको छ, तर श्राद्धकर्मसहित अन्य कर्महरु बाँकी नै छ । त्रिशुलीमा हराइरहेका यात्रीका आफन्तहरु सास वा लास भेटिने आशामा छन् ।

सम्बन्धित खबर