२०८२ कार्तिक १२ गते बुधवार / Oct 29 , 2025 , Wednesday
२०८२ कार्तिक १२ गते बुधवार
Ads

खानेपानीका स्थानीय योजनामा बजेट अभाव

shivam cement
२०८२ कार्तिक १२ गते ०९:१५
खानेपानीका स्थानीय योजनामा बजेट अभाव

पाँचथर : जिल्लामा पालिका तथा वडा स्तरमा निर्माण तथा मर्मत भइरहेका खानेपानीका योजनामा बजेट अभाव भएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ यादवका अनुसार १३ वटा खानेपानी योजनामा बजेट अभाव भएको हो । संघीय सशर्त अनुदानमा निर्माण तथा मर्मत भइरहेका फिदिम, लुम्फाबुङ, लुङरुपा, पौवासारताप, खाल्डेखोल्सी, दुर्दिम्बा, सूर्यधन, इम्बुङ, रानीटार, रवि बजार, माङ्जाबुङ, फाक्तेपलगायत खानेपानी योजनामा बजेट अपुग भएको हो । 

आर्थिक वर्ष २०८२/०८३ मा यी योजनालाई बजेट नभएपछि कार्यालयले प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयलाई पत्राचार गरिएको छ । बाढी पहिरोका कारण  खानेपानीका केही योजनामा क्षति भएको छ । गत आवमा विपदबाट क्षतिग्रस्त मुख्य १५ वटा योजनाको सोही वर्षभित्र मर्मतका लागि रु. १० करोड बजेट माग गरिएको थियो  तर मन्त्रालयले रु. एक करोड बजेट मात्र निकासा गरेको उनले बताए । 

ADV

सम्बन्धित खबर

Advertise