२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

shivam cement
२०८२ कार्तिक १२ गते ०९:३२
Shares
इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

काठमाडौँ : सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग सामग्री परिचालन गर्न उक्त संस्थाका देशीय निर्देशक सकेब नवीसँग मङ्गलबार सम्झौता गरेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।

आगामी दुई महिनाभित्रमा बाढीप्रभावितलाई स्थानीय समुदायसँगको सहकार्यमा सहायता सामग्री प्रदान गरिने दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विपन्न वर्गलाई प्राथमिकतामा राखेर सहायता सामग्री प्रदान गरिने छ । गत वर्ष पनि सर्लाही र रौतहटका बाढीपीडितलाई जर्मनीले रु एक करोड ६४ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो । 

ताजा खबर

सम्बन्धित खबर