२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

पर्यटन प्रवर्द्धन तथा आयआर्जनका लागि पूर्वाधार निर्माण

shivam cement
२०८२ कार्तिक १३ गते १०:०६
Shares
पर्यटन प्रवर्द्धन तथा आयआर्जनका लागि पूर्वाधार निर्माण

स्याङ्जा : भीरकोट नगरपालिका-४ सिसौ घारीमा मन्दिरसहितको तलाउ निर्माण थालिएको छ । मन्दिरसहितको तलाउलाई धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै आम्दानीको स्रोतको रूपमा विकास गर्ने उद्देश्यले पालिकाले निर्माण थालेको हो।

सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग कास्कीको एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत तलाउ, मन्दिरसहित पक्की सडक निर्माण गरिने भएको विभागका इञ्जिनियर अच्युत पौडेलले जानकारी दिए ।

“आयआर्जनको स्रोतको रूपमा बीचमा मन्दिरसहितको तलाउ निर्माण भइरहेको छ”, उनले भने, “त्यहाँसम्म पुग्न पक्की पहुँच मार्ग निर्माण गरिने छ । सबै काम पूरा गर्न रु. १२ करोड ८० लाख  विनियोजन गरिएको छ ।” आगामी फागुन सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । तलाउमा निर्माण गरिएको मन्दिरमा शिव पार्वती र गणेशको मूर्ति प्रतिस्थापन गरिने छ ।

ताजा खबर

सम्बन्धित खबर