म्याग्दीः प्रवासी नेपाली संघ (मोना) बेल्जियमले अन्तिम संस्कारको रकम बचत गरी मृतकका नाममा अक्षयकोष स्थापना गरेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका पाउद्वार स्थायी घर भई हाल आन्ट्रपेन बेल्जियम बसोबास गर्दै आएका होमप्रसाद तिलिजा (दिपेन) को अल्पायुमै बेल्जियममा स्वर्गारोहण भएपछि बेल्जियम निवासी म्याग्देलीमार्फत आर्थिक सहयोग संकलन गरी उनको अन्तिम संस्कार गरिएको थियो ।
बेल्जिमय निवासी म्याग्देलीबाट संकलन भएको रकम बचत गरी तिलिजाले अध्ययन गरेको विद्यालय पाउद्वार माध्यामिक विद्यालयमा रु दुई लाखको ‘स्वर्गीय होमप्रसाद तिलिजा (दिपेन) स्मृति अक्षयकोष’ स्थापना गरिएको मोना बेल्जिमयका अध्यक्ष रकेन्द्रबहादुर घिमिरेले जानकारी दिए ।
अक्षयकोषबाट वार्षिक रुपमा प्राप्त हुने ब्याजमार्फत सो विद्यालयमा अध्ययनरत गरिब तथा असाहाय विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए । उनले मोना बेल्जियमले प्रवासमा आपत्वििपत्मा परेका म्याग्देलीको उद्धारकार्यमा सहयोग गर्नुको साथै जिल्लामा आर्थिकरुपमा उपचारबाट वञ्चित भएका बिरामीको उपचार र प्राकृतिक विपत्तिबाट पीडित व्यक्तिको व्यवस्थापनमासमेत आर्थिक सहयोग गर्दै आइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies