२०८२ कार्तिक १६ गते आइतवार / Nov 02 , 2025 , Sunday
२०८२ कार्तिक १६ गते आइतवार
Ads

झाडापखालाले सप्तरीमा एकै परिवारका तीन जनाको मृत्यु

shivam cement
२०८२ कार्तिक १६ गते ०८:२१
झाडापखालाले सप्तरीमा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौँ : सप्तरीमा झाडापखालाले एकै परिवारका तीन जनाको मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका-५, लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन् । उनीहरूको हप्ता दिनको फरकमा मृत्यु भएको बताइएको छ ।

स्वच्छ खानेपानी र सरसफाइको अभाव, साथै बर्खायामको फोहोर पानीका कारण रोग फैलिएको हुन सक्ने आशंका गरिएको छ । जनस्वास्थ्य विज्ञहरूले दूषित पानीको परीक्षण गर्न र प्रभावित क्षेत्रको तत्काल सरसफाइ अभियान सञ्चालन गर्न सुझाव दिएका छन् ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर