२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाले गरे दाबी पेस

draupadi film
मध्यान्ह
२०८१ साउन ८ गते १३:०४
बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाले गरे दाबी पेस

काठमाडौं : बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गरेका छन् । लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।

नेकपा एमालेको २७ र नेपाली कांग्रेसको ३७ गरी ६४ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

बागमती प्रदेशमा रहेको माओवादी नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कार्यलयले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गरेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise