२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

मलेसियाको १० बुँदे मापदण्डप्रति श्रम मन्त्रालयको असमर्थता

Nada
२०८२ कार्तिक १९ गते ०६:२०
Shares
मलेसियाको १० बुँदे मापदण्डप्रति श्रम मन्त्रालयको असमर्थता

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारले नेपाललगायत पाँच देशका लक्षित ‘म्यानपावर’ कम्पनीका लागि निर्धारण गरेको १० बुँदे मापदण्ड स्वीकार गर्न असमर्थ रहेको जानकारी गराएको छ ।

ncell

मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई लिखित रूपमा पत्र पठाएर उक्त जानकारी गराएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।

मलेसियाले वैदेशिक रोजगारका सन्दर्भमा म्यानपावर कम्पनीका लागि निर्धारण गरेको १० बुँदे मापदण्ड लागू गर्न असमर्थता जनाउँदै यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान निकाल्न पत्राचार गरिएको उनले बताए ।

‘मलेसिया सरकारले ल्याएको मापदण्डमा व्यवसायीहरूबाटै विमति आएको छ,’ प्रवक्ता घिमिरेले भने, ‘हालको अवस्थामा सो मापदण्ड स्वीकार गर्न हामी असमर्थ रहेको जानकारी पत्र परराष्ट्रसमक्ष बुझाएका छौं ।’

मलेसियाको विदेश मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासलाई पत्राचार गरी १० बुँदे मापदण्डबारे जानकारी गराएको थियो । त्यसअनुसार मलेसियाको मानव संशाधन मन्त्रालयले १५ नोभेम्बर २०२५ भित्र म्यानपावर कम्पनीको विवरण पठाउन अनुरोध गरेको छ । मापदण्ड तोकिने देशमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान र म्यानमार छन् ।

सम्बन्धित खबर