२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

कर्णालीलाई नेपालको गन्तव्य बनाउने प्रदेश सरकारको लक्ष्य

shivam cement
२०८२ कार्तिक १९ गते ०९:३५
Shares
कर्णालीलाई नेपालको गन्तव्य बनाउने प्रदेश सरकारको लक्ष्य

कर्णाली : कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कर्णालीलाई नेपालको मुख्य गन्तव्य बनाउने लक्ष्य राखेर प्रदेश सरकार अगाडि बढेको बताएका छन् ।

‘जाउँ है बेगनास पोखरा प्रवर्द्धन कार्यक्रम’ लिएर सुर्खेत वीरेन्द्रनगर पुगेको होटेल एण्ड रेस्टुरेण्ट एशोसियशन लेखनाथ पोखरा कास्कीको भ्रमण टोलीसँग मंगलवार भएको छलफलमा मन्तव्य व्यक्त गर्दै मन्त्री अधिकारीले पर्यटकीय दृष्टिले कर्णाली र गण्डकी दुवै अथाह सम्भावना बोकेका प्रदेश भएको बताए । उनले भने, “पूर्वाधारका हिसाबले कर्णाली कमजोर छ तर धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना छ ।”

मन्त्री अधिकारीले बेगनास पोखरा र कर्णालीको पर्यटन प्रवर्द्धन एवं विकासमा सहयोग पुग्ने गरी प्रचारात्मक कार्यमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । कर्णालीमा पुगेको होटेल व्यवसायीहरूको टोलीले कर्णालीको आहा भन्ने चीज लिएर जान आग्रह गर्दै उनले अब मध्य पहाडी लोक मार्गले कर्णाली र गण्डकी प्रदेशको पर्यटन विकासमा सम्बन्ध सेतुको काम गर्ने बताए ।

कर्णाली प्रदेश पर्यटन बोर्ड सदस्य तथा व्यवसायी पदमबहादुर शाहीले व्यावसायिक दक्षता र राज्यले निर्माण गर्ने अनुकूल वातावरणबाट पर्यटन प्रवर्द्धन हुने बताए । उनका अनुसार पर्यटनले रोजगारी प्रदान गर्नुका साथै आर्य आर्जन तथा सरकारको राजस्व वृद्धिमा सहयोग पुग्छ ।

होटेल तथा रेष्टुरेण्ट एशोसियशन लेखनाथ पोखरा कास्कीका अध्यक्ष वीरभद्र कँडेलले पोखरा भ्रमण वर्ष २०२५ रहेर गरिएको भ्रमण अवलोकनले कर्णाली र बेगनासको सम्बन्ध विकास र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । उनका अनुसार एशोसियशनको आयोजनामा यति बेला बुटवल, बर्दिया र सुर्खेतको भ्रमण अवलोकन गरिएको छ ।

छलफलमा उद्योग मन्त्रालयका निमित्त सचिव सुनिता केसी र वन निर्देशनालय सुर्खेतका निर्देशकले कर्णाली सरकारले पर्यटन विकासका लागि लिएको नीति, निर्माण गरेको पर्यटन गुरुयोजना, हालसम्म भएका प्रवर्द्धनका कार्यक्रम र आगामी रणनीति, योजना तथा तय गरिएको लक्ष्यका बारेमा आफ्नो प्रस्तुति राखेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर