२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

रवि लामिछानेसँग सोधपुछ गर्दै जाँचबुझ आयोग

shivam cement
२०८२ कार्तिक १९ गते १०:५३
Shares
रवि लामिछानेसँग सोधपुछ गर्दै जाँचबुझ आयोग

काठमाडौँ : उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । 

जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज बोलाएको हो ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई दिउँसो १ बजे सिंहदरवारस्थित आयोगको कार्यालयमा उपस्थित गराइने भएको हो । 

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदी बन्दीसँगै बाहिर निस्किएका थिए । रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुन: कारागारमै फर्किएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर