२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

झाँझ नदीमा पुरुषको शव फेला

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८१ साउन ८ गते २०:३६
झाँझ नदीमा पुरुषको शव फेला

रौतहट : रौतहटको गरुडा नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । गरुडा नगरपालिका वडा नम्बर ५ झाँझ खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि सशस्त्र प्रहरीलाई खवर गरेका थिए ।

वेस दुधियाभारबाट सशस्त्र प्रहरी निरीक्षक संजिव कुमार सिंहको कमाण्ड तथा ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिगएको प्रहरी टोलीले शवलाई बाहिर निकालेर आवश्यक अनुसन्धान अगाडि बढाएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका एसपी विक्रम हुमागाइँका अनुसार शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर