२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

‘फरार कैदी र लुटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन चलाउँछौँ’

shivam cement
२०८२ कार्तिक २२ गते १८:१४
Shares
‘फरार कैदी र लुटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन चलाउँछौँ’

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदी बन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा उद्योग वाणिज्य महासंघद्वारा आयोजित राष्ट्रिय बृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले यसमा नागरिक स्तरको तहबाट पनि सहयोग आवश्यक रहेको बताएको हो ।

सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन सक्ने बताए । उनले अहिलेसम्म जेन जेड आन्दोलनका क्रममा लुटिएका ७ सय १० वटा हतियार फिर्ता भइसकेको र केही अझै फिर्ता हुन बाँकी रहेकोसमेत जनाकारी दिए ।

आन्दोलनका क्रममा १४ हजार ५ सय ४९ जना फरार रहेकोमा ९ हजार ५ सय २१ जना फिर्ता आइसकेको र अझै पाँच हजार १ सय ५ जना बाहिर रहेको उनले बताए ।  
 

ताजा खबर

सम्बन्धित खबर