२०८२ कार्तिक २२ गते शनिवार / Nov 08 , 2025 , Saturday
२०८२ कार्तिक २२ गते शनिवार
Ads

निःशुल्क आँखा शिविरबाट ८०० बढी लाभान्वित

shivam cement
कमल कुमाल
२०८२ कार्तिक २२ गते २१:०१
Shares
निःशुल्क आँखा शिविरबाट ८०० बढी लाभान्वित

कालीकोट : रास्कोट नगरपालिका, नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पताल, घारिपाटन पोखराको संयुक्त आयोजनामा प्रादेशिक रणनीतिक अस्पताल रास्कोटमा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट ८०० भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् ।

शिविरमा ४३३ जना महिला र ३७६ जना पुरुष गरी कुल ८०९ जनाले सेवा लिएका छन् । तीमध्ये ८५ जनाको सफल शल्यक्रिया गरिएको अस्पताल व्यवस्थापक डा. कौशल न्यौपानेले जानकारी दिए ।

२०८२ कात्तिक २२ गतेसम्म सञ्चालन भएको शिविरमा आँखा जाँच, औषधि वितरण, परामर्शदेखि शल्यक्रियासम्मका सेवा निःशुल्क प्रदान गरिएको अस्पताल स्रोतले जनाएको छ ।

आँखासम्बन्धी समस्या भएका रास्कोट नगरपालिका तथा छिमेकी पालिकाका नागरिकलाई सहज र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल नेत्रज्योति संघ तथा हिमालय आँखा अस्पताल, घारिपाटन पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर