२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

आम सञ्चारमाध्यमलाई टिक्न गाह्रो हुने अवस्था आएको छ : सञ्चारमन्त्री खरेल

shivam cement
२०८२ कार्तिक २३ गते १२:४०
Shares
आम सञ्चारमाध्यमलाई टिक्न गाह्रो हुने अवस्था आएको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आम सञ्चारमाध्यमलाई टिक्न कठिनाइ हुने अवस्था आएको बताएका छन् ।

आइतबार सार्वजनिक सेवा प्रशारण तथा एनटिभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहमा बोल्दै मन्त्री खरेलले सामाजिक सञ्जालको दबदबाले आम सञ्चारमाध्यमहरुलाई काम गर्न नै कठिन भएको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने आवश्यक रहेको स्पष्ट पारे ।

उनले आजबाट शुभारम्भ भएको एनटिभी वर्ल्ड च्यानलले बाँकी विश्वलाई हेर्न र बुझन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गरे । मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारण संस्थालाई आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारण संस्थाहरूले आफ्नो प्रस्तुतिमा धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेकोसमेत औंल्याए ।

ताजा खबर

सम्बन्धित खबर