
काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको पार्टी मुख्यालय पेरिस डाँडामा शनिवार बसेको बैठकले निर्वाचन तयारीसम्बन्धी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी ढंगबाट अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो ।
बैठकले पार्टीअन्तर्गतका जन वर्गीय सङ्गठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न १० कम्युनिष्ट पार्टीले एकता राष्ट्रिय सम्मेलन गरी यही कात्तिक १९ गते नेपाली कम्युनिष्ट पार्टी गठन गरेका थिए ।