२०८२ कार्तिक २३ गते आइतवार / Nov 09 , 2025 , Sunday
२०८२ कार्तिक २३ गते आइतवार
Ads

बालेनलाई सुकुम्वासीमाथि दम्भ नदेखाउन चेतावनी

shivam cement
२०८२ कार्तिक २३ गते १३:१९
Shares
बालेनलाई सुकुम्वासीमाथि दम्भ नदेखाउन चेतावनी

काठमाडौँ : जेन जेड मुभमेन्ट अलायन्सले काठमाडौँ महानगरपालिकाले आइतबारदेखि सुकुम्वासी बस्ती खाली गराउने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै उत्पीडित जनतामाथि दम्भ नदेखाउन आग्रह गरेको छ ।

अलायन्सले जारी गरेको विज्ञप्तिमा स्थानीय सरकारले पर्याप्त अध्ययन र सहमतिबिना बस्ती हटाउने तयारी गरेकोमा चिन्ता व्यक्त गरेको छ । न्यायपूर्ण र सहमतिको व्यवस्थापन गर्न अलायन्सको अनुरोध छ ।

‘सम्बन्धित समुदायसँगको सहमतिमा उपयुक्त व्यवस्थापन अपनाई सबैको साझा सहरको रूपमा काठमाडौँ महानगरपालिकाले उदाहरण प्रस्तुत गरोस् । निहत्था, उत्पीडित जनताहरू माथि स्थानीय सरकारले दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाओस्,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, अलायन्सले महानगर क्षेत्रभित्र रहेका बस्तीहरूबारे यथार्थ विवरण र तथ्यांक सार्वजनिक गर्न पनि आग्रह गरेको छ ।

‘नक्कली र सक्कली सुकुम्वासी भनी विभिन्न बहसहरू हुने गरेको पनि पाइन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले यदि अध्ययन गरिएको छ भने त्यसको प्रतिवेदन र तथ्यांक सार्वजनिक गर्नुपर्छ ।’

ADV

सम्बन्धित खबर