२०८२ कार्तिक २३ गते आइतवार / Nov 09 , 2025 , Sunday
२०८२ कार्तिक २३ गते आइतवार
Ads

विश्व साइकलयात्री निरञ्जन कतारमा सम्मानित

shivam cement
तिलु शर्मा पौडेल
२०८२ कार्तिक २३ गते १४:३१
Shares
विश्व साइकलयात्री निरञ्जन कतारमा सम्मानित

दोहा कतार 

विश्व साइकल यात्री निरञ्जन अर्याल कतारमा सम्मानित भएका छन् । सगरमाथा देखी अन्टार्कटिकासम्म साइकलमै घुम्ने लक्ष्य सहित विश्व यात्रामा निस्केका अर्याल जलवायु सचेतना र मानिसका जीवनका मूल्य, मानसिक शान्ति र सकारात्मक सोचप्रति सचेत गराउने मुख्य उद्देश्य बोकेर दोस्रो चरणको भ्रमणमा कतारमा रहेका यात्रीलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारले एक कार्यक्रमका बिच उनको साहस र देशको नाम विश्व मञ्चमा चिनाउन गरेको योगदानको कदर गर्दै खादा ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको हो ।

सम्मानपछि बोल्दै अर्यालले कतारको नेपाली समुदायको मेरुदण्ड एनसिसीले दिएको साथ र सम्मानले आगामी दिनको यात्रामा आफूलाई थप ऊर्जा थप्ने र प्रेरणा मिल्ने बताए । उनले पहिलो चरणमा थाइल्यान्ड, लाओस्, कम्बोडिया, चीन मलेसिया, सिगांपुर र भारत गरेर आठ वटा देश भ्रमण गरिसकेको र  दोस्रो चरणमा साउदी अरबको भ्रमण सकेर कतार आइपुगेको जानकारी दिए । कतार भ्रमणपछि आगामी महिनामा ओमन हुँदै अफ्रिकी मुलुक तर्फको यात्रा जारी रहने बताए ।

भ्रमण गरेर अन्तर्राष्ट्रिय स्तरमा जलवायु परिवर्तन र वातावरणीय चुनौतीप्रति सचेत बनाउने र आफ्नो राष्ट्रलाई विश्वमाझ चिनाउने आफ्नो उद्देश्य रहेको उनी बताउँछन् । लामो दूरीको यात्रामा फरक-फरक देशका फरक नियम कानुन, सडक र यातयातहरु सँगै आर्थिक चुनौती मुख्य समस्या छ उनले थपे । यात्रामा विभिन्न बाधा अप्ठ्याराहरूलाई सामना गर्दै आफ्नो सपना पूरा गर्ने यात्रीको लक्ष्य रहेको छ ।

एनसिसीका अध्यक्ष कृष्ण पन्थीले अर्यालको हिम्मत र साहसको  प्रशंसा गर्दै यो प्रयास प्रेरणादायी रहेको बताए । पन्थीले देशको झन्डा बोकेर राष्ट्रको परिचय फैलाउन हिँडेका अर्याल लाई प्रवासमा रहेका नेपालीहरूले सहयोग गरिदिन समेत सबैलाई आग्रह गरे । विश्व यात्राले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप मद्दत पुग्ने बताउँदै विश्वको जुनसुकै देशमा पनि समस्या परेमा आफूलाई सम्पर्क गर्न आग्रह गर्दै सफल यात्राको शुभकामना दिएका थिए ।

ADV

सम्बन्धित खबर